पत्रकार ऋषिकान्तलाई लेखनाथ पत्रकारिता पुरस्कार
पाेखरा | पुस ११, २०८१
पोखरा: लेखनाथ पत्रकार मञ्चले पत्रकारिताबाट लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका पत्रकारमध्ये प्रत्येक वर्ष १ जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएकोमा यसपालि ऋषिकान्त पौडललाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार राशि ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र छ ।
पुरस्कार छनोट समितिमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, पूर्व सम्मानित पत्रकार परशुराम शर्मा र स्थापनाकालिन अध्यक्ष भीमपाणि बराल रहेका थिए ।
दुई दशक अघि गोल्डेन आइ टेलिभिजनबाट पत्रकारिता सुरु गरेका पौडेल हाल रेडियो नेपालमा आबद्ध छन् । पौडेलले कान्तिपुर टेलिभिजन, एभि न्यूज टेलिभिजन, पोखरा हटलाईन राष्ट्रिय दैनिक,पोखरा टेलिभिजन लगायत संचार संस्थामा आवद्ध भई समाचार संकलन तथा सम्पादनको माध्यमबाट लेखनाथ क्षेत्रको उनन्यनका लागि कार्यगरिसकेका उनी लेखनाथ पत्रकार मञ्चका संस्थापक सदस्य तथा सल्लाहकार समेत भइसकेका छन् ।
उनले पोखराका पहिलो पत्रकार स्व. जगन्नाथ सिग्देलको स्मृतिमा सन्चालित हिमदुत पत्रकारीता पुरस्कार, यातायात व्यवसायिक पत्रकारिता पुरस्कारका साथै विभिन्न सामाजिक संघ संस्थावाट पुरस्कार समेत पाइसकेका छन् पौडेल नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत हुन् । उनी पोखरा महानगरपालिका वडा नंं. ३१, पचभैयाका स्थायी वासिन्दा हुन् ।
यसअघि सो पुरस्कारबाट मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल, सरिता तिमिल्सेना र दीपक परियार सम्मानित भइसकेका छन् ।
पुरस्कार १५ पुसमा कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मूल समारोह अर्घौ अर्चलेमा प्रदान गरिनेछ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

